
नवप्रतिभा हिरा लामा को नयाँ गीत सार्वजनिक भएको छ । ‘आपा त गाऊको मुल लामा’ बोलको लोक पप गीतमा हिरा निकै जमेका छन ।
उनको गायनले चौतर्फी तारिफ पाउन थालिसकेको छ । गीतमा शब्द तथा संगीत लोकेन लामाको रहेको छ । हाल गीतको भिडियोलाई पनि दर्शकले रुचाइसकेका छन । लोकेन लामाकै निर्देशनमा बनेको भिडियोमा राम र सुष्मा फिचरिङ छन । भिडियोलाई रामकुमार केसीले खिचेका हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

यो आफ्नो पहिलो प्रयास रहेको र अगामी दिनमा अझै सुन्दर सिर्जना दिने हिरा बताउछन । आफु सँगीतमा भखैरै बामे सर्दै गरेकाले सबैको सहयोग पाए सँगीतमै केहि गरेर देखाउने उनको लक्ष्य छ । सार्वजनिक भएको गीतबाट छोटो अवधिमा पाइरहेको प्रतिक्रियाले उनी उत्साहित छन ।
