'नाई नभन्नु ल ४' शुभमुहुर्त

nai-nabhannu-la-4सर्वाधिक चर्चित नाम ‘नाइ नभन्नु ल’ को चौथो सिक्वेलको शुभमुहुर्त गरिएको छ । शनिबार कृष्ण जन्माष्टमीको अवसर पारेर मैतिदेवी मन्दिरमा फिल्मको पुजाआज सहित मुहुर्त गरिएको हो । मुहुर्त कार्यक्रममा फिल्मको प्राय सबै कलाकारहरुको उपस्थिति थियो ।
फिल्मको नियमित छयांकन भने आउदो २१ गतेबाट सुरु गरिदैछ । फिल्मको छयांकन राजधानीसहित चितवनको रमणिय स्थानहरुमा हुनेछ ।
फिल्मले पुर्णतय प्रेम कथा बोकेको छ । त्रिकोणात्मक प्रेममा आधारित कथामा पल शाह, बर्षा राउत र आचल शर्मा मुख्य भुमिकामा रहनेछन । यी बाहेक प्रियंका कार्की, अनुभव रेग्मी, सरोज खना, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ लगायतको अभिनय फिल्ममा हुनेछ ।
बिकास आचार्यको लेखन निर्देशनमा बन्ने फिल्मलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्दैछन । यसअघिका तीन वटा प्रिक्वेल हिट भएकाले पनि फिल्मको नामबाटै प्रतिक्षित बनिसकेको छ ।

Namaste Filmy

Read Previous

सँगीतमा हिराको आगमन । 'आपा त गाँऊको' सार्वजनिक ।

Read Next

हंगेरी गइन सोनाक्षी ।