"पर्शुराम "को स्क्रिप्ट पुजा गरेर शुभ साईत्

ब्ल्याक चिल्ली  ईन्टरटेन्मेन्टको प्रस्तुति तथा नेपालका कान्छा निर्देशक एन. आर. घिमिरेको निर्देशनमा बन्न लागेको नया चलचित्र “पर्शुराम “को  शुक्रबार  स्क्रिप्ट पुजा गरेर  शुभ साईत्  गरिएको छ ।
1964278_530960453685601_1872653101_n
दिब्य सुबेदीको छायांकन, रोशन श्रेष्ठको एक्शन, कविराज गहतराजको नुत्य ,बसन्त सापकोटाको संगीत  ,कृष्ण अनमोलको कथा रहेको चलचित्र “पर्शुराम ” यही फागुनको अन्तिम बाट सुटिंगमा जाने भएको छ । सुमिना घिमिरे ,श्याम कटुवाल,उमेश खड्का ,समिक्षा अर्याल ,श्रीकृष्ण बुढाथोकी , भानु प्रथावी ,निरज ब्लैक आदिको अभिनय रहने चलचित्र “पर्शुराम ” एउटा फुल एक्शन चलचित्र रहने निर्देशक एन. आर. घिमिरे नमस्ते  फिल्मीलाई जानकारी दिनु भयो ।
484542_112926585518104_240450633_n
पोखरा ,काठमाण्डौ ,मुडे लगायतको ठाउमा सुटिंग गरिने  चलचित्र “पर्शुराम ” निर्देशक एन. आर. घिमिरेले  निर्देशन  गर्ने चौथो  चलचित्र हो ।  निर्देशक एन. आर. घिमिरेले निर्देशन गरेको चलचित्र तिम्रो लागि प्रदर्शन भईसकेको छ भने  गल्लि र पाप प्रदर्शनको लागि तयार भएका चलचित्र हुन् ।
10003125_530960420352271_397876862_n

Namaste Filmy

Read Previous

चर्चित लोक गायक पशुपति शर्माले अब गीत नगाउने ।

Read Next

अन्तत ‘अधकट्टी’ को ढिलाई भए पनि शुभ मुहुर्त