डम्बर नेपाली भन्छन: 'कि जंगे जेलमा कि जंगे रेलमा'

damber-jungeलोकप्रिय गायक डम्बर नेपालीको ‘कि जंगे जेलमा कि जंगे रेलमा’ सार्वजनिक भएको छ । डम्बरकै स्वर, शब्द तथा संगीत रहेको गीतले युवा पुस्ताको रोमान्टिक पे्रमभाव बोकेको छ ।
सार्वजनिक गीतको भिडियोमा एकोहोरो प्रेमको नतिजालाई देखाइएको छ । भिडियोलाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन । भिडियो अर्जुन तिवारीले खिचेका हुन भने प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन । रुबुशा क्रियटिभसबाट बजारमा आएको गीतलाई दर्शक श्रोताले मन पराइसकेका छन ।
यस गीतबाट एकपटक फेरी श्रोता दर्शकको मन जित्ने डम्बरको बिश्वास छ । युवापुस्तामाझ लोकप्रिय टिपिकल शब्दमा गीत गाएकाले श्रोताले रुचाउने उनले बताए । विगतमा आफ्ना गीतहरुलाई जस्तै यस गीतलाई पनि माया गरिदिन उनले सबैमा आग्रहसमेत गरे ।

Namaste Filmy

Read Previous

कुनै समय फुटपाथमा सुत्थिन यी हिरोइन ।

Read Next

मह जोडिलाई 'कला रत्न उपाधि' ।