हरिवंशको चुच्चे हिमालमा सार्वजनिक (भिडियो सहित )

चर्चित जोडी मह जोडीको ‘ह’ अर्थात हरिवंश आचार्यले गाएको नयाँ गीत युट्युबबाट सार्वजनिक गरिएको छ ।चुच्चे हिमालमा, मै जहाँ भएनी मेरो मुटु नेपालमा…..गीतको म्युजिक भिडियोमा पनि निकै नयाँपन पाईन्छ । हरिवंश आचार्य स्वयंले लेखेको गीतमा संगीत पनि उनी स्वयंको नै छ ।सार्वजनिक यस गीतका भावहरुले नेपाली मनको मिठो माया अनि चुच्चा हिमालझै अटल र निश्चछल स्वभावलाई शब्दभावहरुमा ब्यक्त गरेको छ ।
hari basnsa achryaस्टुडियोमा खिचिईको भिडियोको बारेमा बताउदै गायक आचार्यले भने, ‘खासमा भिडियो बनाउने नै भनेर फुटेज खिचिएको त होईन तर पछि त्यही फुटेज नै आर्कषक हुने जस्तो लागेर म्युजिक भिडियोको स्वरुप दिईएको हो’ । यस गीति भिडियोमा हरिवंश पत्नी रमिला आचार्यलाई पनि देख्न सकिन्छ ।यस गीतको म्युजिक भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भनेसगीत संयोजन जीवित जल्मीले गरेका हुन् । गौरी शंकर धुजँुको छायाकन रहेको यस भिडियोलाई गणेश कँडेलले सम्पादन गरेका हुन् । यश अघि हरिवंश आचार्यले गायका गीतहरुले बजारमा राम्रै चर्चा पाउने गरेका मात्रै छैन् कि स्रोतको मनमा बस्न समेत सफल भएका छन् ।

Namaste Filmy

Read Previous

सलमान र कैटरिना फेरी एक साथ ।

Read Next

'किस्मत २' शुभमुहुर्त । बिहिबारबाट छयांकन ।