'किस्मत २' शुभमुहुर्त । बिहिबारबाट छयांकन ।

kismat-2बाघ निर्माताको रुपमा चिनिने छविराज ओझाको निर्माण रहने नयाँ फिल्म ‘किस्मत २’ को शुभमुहुर्त गरिएको छ । मंगलबार कमलादिस्थित गणेश मन्दिरमा पुजाआज गरि फिल्मको शुभसाइत गरिएको हो ।
मन्दिरमा फिल्मको स्कृप्ट पुजासँगै क्ल्यापसमेत हानिएको थियो । फिल्मको नियमित छयांकन भने बिहिबारबाट हुनेछ । जसका लागि फिल्म युनिट जोमसोम जादैछन ।
फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन ।
फिल्ममा शिल्पा पोखरेल, किशोर खतिवडा, पृथ्वीराज प्रसारई सन्तोष पन्त, सपना श्रेष्ठ, रश्मि भट्ट लगायतको पनि अभिनय रहनेछ । फिल्ममा साप्यिराज तिमिल्सिनाको लेखन, मदन कस्य घिमिरेको छयांकन, चन्द्र पन्तको द्धन्द, अर्जुन पोखरेलको संगीत रहनेछन । यहि बर्षको चैत्र २६ मा रिलिज लक्ष्य लिइएको फिल्ममा दिजेन्द्र शाक्यको पनि लगानी रहनेछ ।

Namaste Filmy

Read Previous

हरिवंशको चुच्चे हिमालमा सार्वजनिक (भिडियो सहित )

Read Next

हिरो रेश मरहठ्ठा सिगांपुरमा सम्मानित ।