'अधकट्टि' गीतमा कामुक नम्रता । भिडियो

Namrata-addhakattiदशैमा रिलिजको तयारीमा रहेको फिल्म ‘अधकट्टि’को आइटम गीत सार्वजनिक गरिएको छ । गीतमा नयाँ पुस्ताको हट हिरोइन नम्रताको हट जवानी छचल्किएको छ । उनी गीतमा निकै कामुक देखिएकी छिन ।
हे नम्रता बोलको गीतमा नम्रतासँगै बिल्सन बिक्रम राई, गजित बिष्ट, गौरव पहारी र प्रदिप बाँस्तोला नाचेका छन । राजन इशानको सँगीतमा राजन इशान, युवराज चौलागाई र निशा देशारको स्वर गीतमा छन ।
गीतलाई फिल्म चल्ने कडिको रुपमा लिन सकिन्छ । नम्रता श्रेष्ठकै रुपमा नाचेकी नम्रतालाई धेरैले रुचाउने फिल्म युनिटको आशा छ ।
सञ्चारकर्मी सुब्रत आचार्य निर्देशित फिल्मलाई प्रदिप के उदयले निर्माण गरेका हुन । फिल्ममा गौरव पहारी, प्रदिप बाँस्तोला, रिस्ता बस्नेत, अशिष्मा नकर्मी लगायतको अभिनय छ ।

Namaste Filmy

Read Previous

मोडलले ट्वीटरमा दिइन यस्तो अश्लील अभिब्यक्ति ।

Read Next

यस्तो लोकेसनमा सुटिंग हुदैछ ‘नालापानी’ (फोटो फिचर )