माण्डवीको गीतमा रमेशको रोमान्स

ramesh-basnetचितवनबाटै मोडलिङमा स्थापित मोडल रमेश बस्नेत पछिल्लो समय निकै चलेका गायक गायिकाहरुको गीतमा ब्यस्त हुन थालेका छन । पछिल्लोपटक शिव परियारको पिलायो साथीले बोलको गीतमा देखिएका रमेशले हालै गायिका माण्डवी त्रिपाठिको नयाँ गीतमा अनस्कृन रोमान्स गरे ।
यसअघि पनि माण्डवीको गीतमा काम गरिसकेका रमेशको काम मन परेरै फेरी उनलाई लिएको गायिका त्रिपाठि बताउछन । रमेश पनि फेरी माण्डवीसँगै टिमअप गर्न पाउदा खुशी लागेको बताउछन ।ramesh-basnet1चितवनकै विभिन्न रमणिय स्थानहरुमा खिचिएको भिडियोलाई प्रणिन्द्र काफ्ले ले निर्देशन गरेका छन । भिडियोमा रमेशसँगै शंकर, प्रिजना र एलिनाको अभिनय छ । निरज काफ्लेको सहायक निर्देशन रहेको भिडियो यसै साता रिलिज हुदैछ ।ramesh-basnet2चलेकी गायिका माण्डवी त्रिपाठिले गाएको गीतमा बिपिन आचार्यको संगीत सुन्न सकिन्छ भने शिव प्रसाद सुवेदिले गीतको शब्द लेखेका छन ।

Namaste Filmy

Read Previous

'धुनहरु' लिएर आइन जशोदा सुब्बा

Read Next

‘वडा नं ६’ लाई पिजी सर्टिफिकेट