अन्तत ‘अधकट्टी’ को ढिलाई भए पनि शुभ मुहुर्त

सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘अधकट्टी’ को ढिलाई भए पनि अन्तत शुक्रबार शुभ मुहुर्त गरिएको छ ।नौ महिना अगाडी नै बनाईने भनिएको सो चलचित्र ‘अधकट्टी’ लाई हल सञ्चालक तथा वितरक प्रदिप कुमार उदय निर्माण गर्न लागेका हुन् ।
1978639_766152936729868_1823054350_n
कमेडी बेशमा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्र ‘अधकट्टी’मा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर बिष्ट , प्रदीप बाँस्तोला आदिको मुख्य भूमिका रहनेछ भने अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता गजित बिष्टले फिल्ममा विशेष भूमिका देखा पर्ने भएका छन् ।
1780821_766152990063196_1781876903_n
कास्टिङ डिरेक्टर शान्तिप्रियको रहने यस चलचित्रको कथा संचारकर्मी सुवास ढकालले लेखेका हुन् भने रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहने छ । चैतन्य बराल र नरेश पाण्डेलको समेत लगानी रहने चलचित्र ‘अधकट्टी’ को छायांकन चितवन र काठमाडौंमा ३५ दिनमा सुटिङ प्याकअप गर्ने योजना रहेको छ ।
1925208_766152803396548_809959023_n
 

Namaste Filmy

Read Previous

"पर्शुराम "को स्क्रिप्ट पुजा गरेर शुभ साईत्

Read Next

चलचित्र “मिस नेपाल” बैशाख ५ देखि अल नेपाल रिलिज ओभर ल्यापिङ्ग नगरिदिनु हुन निमात्री तथा नायिका शुभेच्छाको अनुरोध