अमेरिकाको विभिन्न कार्यक्रममा हिरो रमेश चन्द्र राई

Rameshchandra-raiकयौ नेपालीलाई अमेरिका सपनाको देश भए पनि केहि नाम चलेका सेलेब्रेटीहरुका लागि पानी पधेरो जस्तै भइसकेको छ । उनीहरु चाहेको बेला अमेरिका जाने आउने गर्न पनि समस्या छैन । अमेरिकाको सुख भोग र त्यहाँको वातावरणमा रिफ्रेस हुन चाहनेहरु बेलाबेला गइरहन्छन ।
तर हिरो रमेश चन्द्र राई खाली त्यहाँको आधुनिक जीवनशैलीमा रमाउन र मस्ती गर्न मात्र अमेरिका गएनन् । हालै अमेरिका पुगेर फर्किएका उनले त्यहाँ पनि नेपाली चलचित्रको बिकास र स्तर बृद्धिका लागि पहल गरे । अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मलाई पुर्याउन के कस्तो कदम चाल्न सकिन्छ उनले बुझ्ने प्रयास गरे । अमेरिकामा नेपाली फिल्मको अवस्था र त्यहाँ आवश्यक प्रचार प्रसारको बारेमा पनि छलफल गरेको उनले बताए ।Rameshchandra-rai1उनले त्यहाँको विभिन्न कार्यक्रममा पनि सहभागिता जनाए । अमेरिकामा हुने त्यस्ता कार्यक्रममा नेपालीपन भेटेकोमा उनले खुशी ब्यक्त गरे । आयोजकले आफुलाई सम्झिएकोमा पनि उनले गर्व गरे ।
अमेरिकामा उनले मिस नेपाल युएसए को निर्णयकको भुमिका निभाएका थिए । सो ट्यालेन्ट शो मा बलिउड अभिनेत्रि मनिषा कोइरालासँगै बसेर प्रि जजमेन्ट गरेको उनले बताए । त्यस्तै जेनेरल काउन्सिल अफ नेपाल फर युएसए को तर्फबाट जज सर्टिफिकेट पाएको उनले बताए ।
फस्ट मिस नेपाल अमेरिकन राजदुतसहित इप्लानेट प्रमुख अमित शाहसँगको भेटलाई पनि उनले बिशेष मानेका छन ।  त्यस्तै भुटानीहरुसँगको भेट र नेपाली फिल्मबारे गरिएको कुराकानी पनि उपलब्धिमुलक रहेको उनले बताए ।Rameshchandra-rai2उनलाई हभेन्लि पाथ युएसए ले सम्मान समेत गरेको थियो । आदिवासी जनजाति समुदायबाट कलाकारीतामा सफलता पाएको भन्दै उनलाई सम्मान पत्र दिइएको हो ।
यसरी अमेरिकाको छोटो बसाई निकै फलदायी बनेको रमेश बताउछन । उनले अमेरिकामा नेपाली फिल्म प्रवद्र्धनको पनि राम्रो सम्भावना देखेका छन । नेपाली फिल्मकै लागि केहि गर्ने अठोटका साथ लागिपरेका उनले बिदेशमा नेपाली फिल्मको बजारलाई पनि प्रवर्दन गर्नुपर्नेमा जोड दिए ।Rameshchandra-rai3

Namaste Filmy

Read Previous

यी हुन पोर्नस्टार बन्न चाहने नेपाली । बिस्तृत पढ्नुस

Read Next

आर्यन र प्रियंका उत्कृष्ट नायक नायिका । 'कबड्डी' उत्कृष्ट फिल्म