आर्यन र प्रियंका उत्कृष्ट नायक नायिका । 'कबड्डी' उत्कृष्ट फिल्म

Aryan-Priyankaयसबर्षको एन एफडिसी अवार्ड शनिबार भव्य रुपमा सम्पन्न गरिएको छ । राजधानीको पाँचतारे होटलमा आयोजित अवार्ड बितरण समारोहमा कबड्डीलाई उत्कृष्ट फिल्मको अवार्ड दिइयो ।
नायक नायिका तर्फ भने आर्यन सिग्देल र प्रियंका कार्की उत्कृष्ट भए । त्यसबाहेक विभिन्न २० बिधामा सर्वोत्कृष्टहरुलाई अवार्ड दिइएको थियो ।
अधिकांश फिल्मकर्मी उपस्थित कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विभिन्न बलिउडकर्मीहरुको पनि उपस्थिति थियो ।
शनिबार अबेर गरि सुरु गरिएको कार्यक्रममा कलाकारहरुले विभिन्न प्रस्तुति समेत दिएका थिए । कुशेऔशीको अघिल्लो दिन भएकाले अधिकांश अवार्ड बिजेताले बुवा सम्झिएका थिए ।

हेर्नुस क-कसले उचाले अवार्ड :
फिल्म : कबड्डी
निर्देशक : रामबाबु गुरुङ (कबड्डी)
अभिनेता : आर्यन सिग्देल (नोभेम्बर रेन)
अभिनेत्री : प्रीयंका कार्की (सुन्तली)
सहअभिनेता : अनुपविक्रम शाही (हँसिया)
सहअभिनेत्री : छुल्ठिम गुरुङ (नोभेम्बर रेन)
नवअभिनेता : संजोग कोईराला (उत्सव)
नवअभिनेत्री : आश्मा डिसी (आभाष)
लेखक : छेतन गुरुङ (नोभेम्बर रेन)
छायांकार : शैलेन्द्रध्वज कार्की (जेरी)
सम्पादक : सुरेन्द्र पौडेल (आभाष)
द्वन्द्व निर्देशक : राजकुमार उप्रेती (हँसिया)
संगीतकार : ताराप्रकाश लिम्बु (नोभेम्बर रेन)
पाश्र्व गायन : युवराज चौलागाई (नोभेम्बर रेन)
नृत्य निर्देशक : कविराज गहतराज (हवल्दार सुन्तली)
पाश्र्व संगीत : रामजी लामिछाने (तथास्तु)
ध्वनी पुन: मुद्रण : उत्तम न्यौपाने (मुखौटा)
व्यवसायिक फिल्म : कोहीनूर
मह जुरी अवार्ड : सुदीप भुपाल सिंह (माला)
फिल्म पत्रकारिता पुरस्कार : विजयरत्न तुलाधर

Namaste Filmy

Read Previous

अमेरिकाको विभिन्न कार्यक्रममा हिरो रमेश चन्द्र राई

Read Next

ओस्कारमा नेपालबाट 'टलकजंग भर्सेस टुल्के'