'लभसब' निर्माताले घोषणा गरे 'लभसब २'

Luv-Sabशुक्रबारबाट रिलिज फिल्म ‘लभसब’ले सुखद ब्यापार गरेसँग फिल्म युनिट निकै दंग छ । फिल्मका निर्माताहरु यति खुशी छन कि निर्मातामध्यका एक सुशील पोखरेलले ‘लभसब २’ बनाउने घोषणा गरेका छन ।
घोषणामात्र कहाँ हो र ? सुशिलले फिल्म रिलिज गर्ने मितिसमेत तोके । उनका अनुसार फिल्म २०७३ सालको दशैमा रिलिज गरिनेछ । उनले फेसबुकमा समेत यो कुरा शेयर गरेका छन ।
फिल्मका हिरो सलोन बस्नेतले पनि पोखरा र राजधानीका दर्शकले लभसब २ को माग गरेको बताए । दर्शककै चाहनाअनुसार निर्माताले उक्त घोषणा गरेको उनले बताए ।
ेदेवकुमार श्रेष्ठ निर्देशित लभसब हाल देशभर प्रदर्शन भइरहेको छ । फिल्ममा सलोन बस्नेत, संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी लगायतको अभिनय छ । फिल्मलाई दर्शकले राम्रो साथ दिइरहेका छन ।

Namaste Filmy

Read Previous

ओस्कारमा नेपालबाट 'टलकजंग भर्सेस टुल्के'

Read Next

बिकास बोर्ड अध्यक्ष राई र निर्माता माधव वाग्लेबीच हात हालाहाल