बिकास बोर्ड अध्यक्षले कुटेपछि निर्माता वाग्लेको राजीनामा

rajkumar-and-madhavनेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले हातपात गरेको बिषयलाई लिएर फिल्म निर्माता माधव वाग्लेले चलचित्र निर्माता संघबाट राजीनामा दिएका छन । उनले सोमबार पत्रकार  सम्मेलन गर्दै आफ्नो राजीनामा निर्माता संघका महासचिव तथा कार्यबहाक अध्यक्ष केशव भट्टराइसमक्ष बुझाएको जानकारी गराए ।
चलचित्र निर्माता संघको समेत अध्यक्ष रहेका राईले आफुजस्तो फिल्ममा समर्पित निर्मातालाई अनावाश्यक लाञ्छना लगाउदै हातपात गरेको भन्दै उनले राजीनामा दिएका हुन । उनले बिकास बोर्डको अध्यक्षजस्तो गरिमामय पदमा रहने ब्यक्तिले यस्तो ब्यवहार देखाउनुलाई बहुलाको संज्ञा दिए ।
राई र वाग्लेबिच आइतबार दिउसो बिकास बोर्डको राईको कार्यकक्षमै विवाद भएको थियो । विवादमा राईले वाग्लेलाई हात हाल्दै बाहिर धकेलेको बताइन्छ । विवादलाई राईले समेत स्वीकारेका छन ।

Namaste Filmy

Read Previous

‘वडा नम्बर ६’ को कार्यक्रममा हजारौ दर्शकको सहभागिता (भिडियो सहित)

Read Next

शाहरुख र आमिरभन्दा सलमान अगाडि