
फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘वडा नम्बर ६’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘वडा नम्बर ६’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
‘वडा नम्बर ६’
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट बहुप्रतिक्षित चलचित्र ‘वडा नम्बर ६’प्रदर्शनमा आएको छ ।देशको विभिन्न ठाउमा बन्द र हड्ताल भै रहेकोले चलचित्र ‘वडा नम्बर ६’लाई अहिलेलाई राजधानीमा मात्रै प्रदर्शन गरिएको छ ।चलचित्रलाई लाई उज्वल घिमिरेले निर्देशन गरेका हुन ।आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ‘वडा नं ६’ लाई दिपकराज गिरी, दिपाश्री निरौला ,निर्मल शर्मा लगायतले मिलेर निर्माण गरेका हुन ।चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल,दयाहाङ राई ,प्रियंका कार्की,निर शाह लगायतको मुख्य अभिनय रहेको छ ।यस अघि चलचित्रको गीत संगीत र ट्रेलरले दर्शक तथा स्रोतको मन जित्न सफल भएकोले चलचित्रले सफलता पाउने सजिलै अनुमान गर्न सकिन्छ ।

