राजेश हमाल स्वदेशी तथा विदेशी कार्यक्रममा ब्यस्त चलचित्र क्षेत्रबाट फुर्सद

राजेन्द्र कार्की÷फागुन २४÷हेटौंडा
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल नेपालीहरुले  कुबेत आयोजना गरेको कार्यक्रममा सहभागी भई कुबेत हुँदै शनिबार नेपाल फर्किन्दै छन् । त्यसो त महानायक हमाल हिजो आज यस्तै किसिमका स्वदेशी तथा विदेशी निमन्त्रणाका विभिन्न कार्यक्रमहरुमा नै ब्यस्त रहँदै आइरहेका छन् । नेपाली चलचित्रहरुमा नयाँ कलाकारहरुको आगमन सँगसँगै हिजो आज महानायक हमालले नेपाली चलचित्र क्षेत्रबाट फुर्सद पाएको देखिन्छ ।
1796547_10152240425557645_1522379054_n
यसैकारण पनि यस वर्ष देशका विभिन्न जिल्लाहरुमा भएका औद्योगिक तथा ब्यापारीक मेला उत्सवहरुमा उहाँको सहभागिता बढ्दो रहेको छ भने प्रवासी नेपालीहरुको निमन्त्रणामा समेतन विदेश दौडहामा उदघाटन तथा कार्यक्रमा सहभागी हुँदै दिनहरु बिताइरहनु परिरहेको छ । हाल भने नेपाली चलचित्र क्षेत्रमा उहाँको चर्चा त्यति सुनिएको पाइन्दैन । उहाँका केहि अघि निर्माण भएका चलचित्रहरुको पोष्टर बाहेक नेपाली चलचित्र गृहहरुमा पनि उहाँको चलचित्रहरुको प्रर्दशनमा पनि कमी आइरहेको पाइन्छ । भने चलचित्रकामा नायकका लागि समेत उहाँको माग घटेको चलचित्रकर्मीहरुले बताइरहेको समयमा उहाँ भने यस्ता दोडाहामा देखिनुले पनि हल्ला र वास्तविकतामा तारतम्य मिलेको देखिएकोले पनि उहाँको बारेमा उठीरहेको विषयहरु हो की भन्न करै लाग्ने भएको छ ।
935192_10152240422577645_2103246884_n
उमेरले ५० काटेका उनको यहि फागुण महिनामा हुने निश्चित भनिएको विवाहको हल्ला पनि सेलाउँदै बैशाख हुँदै अनिश्चित बन्दै गइरहेको छ । त्यसो त महानायकले विवाह नै गर्दैनन् भन्ने हल्ला पनि यथार्थमा परिणत हुँदै गएको हो की भन्ने आशंका पनि बढ्दो रहेको छ भने चलचित्रमा जम्ने दिनहरुले पनि नेटो काटिसकेको हो की भन्ने आशंका समेत उहाँका प्रशंसक तथा शुभचिन्तकहरुमा बढीरहेको छ । जे होस् राजेशदाई अब त “ओ दिन गए स्वदिन आए, मोइ खाने गालामा झ्याउ पलाए ।” सँधै एकै नास त कहाँ हुन्छ र ।

Namaste Filmy

Read Previous

चलचित्र “मिस नेपाल” बैशाख ५ देखि अल नेपाल रिलिज ओभर ल्यापिङ्ग नगरिदिनु हुन निमात्री तथा नायिका शुभेच्छाको अनुरोध

Read Next

‘हिम्मतवाली’लाई 'तथास्तु' गर्दै निर्देशक सबिर श्रेष्ठ