'वडा नं. ६' हेर्न उर्लिए दर्शक । निर्माता भन्छन: सुनामी ल्यायो

wada-number-cha-darshakशुक्रबारबाट राजधानीमा रिलिज भएको फिल्म ‘वडा नं. ६’ ले सुखद सुरुवात गरेको छ । रिलिजको पहिलो दिन राजधानीका हलहरुमा दर्शृकको भीड देखियो । फिल्म हेर्न हलमा पुगेका अधिकांश दर्शक टिकटका लागि तछाँड मछाड नै गर्नुपर्यो ।
गोपिकृष्ण, राधा लगायत उपत्यकाका प्राय सबै हलहरु हाउस फुल देखिए । हलमा कतिपय दर्शकहरु टिकट नपाएर फर्किनुपरेको हल सञ्चालकहरु बताउछन । शुक्रबार निकै उत्साहजनक ब्यापार देखेर फिल्म टोली निकै खुशी छन ।
दर्शक प्रतिक्रिया लिन हल हलमा पुगेका फिल्म टोलीले हरेक दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए । फिल्मले सुनामी नै ल्याएको उनीहरुको भनाई छ । हिन्दी फिल्मलाई समेत रिप्लेस गरेर ‘वडा नं. ६’ लगाइएको थियो ।
दर्शकको प्रिय हास्यकलाकारहरुको अभिनय र यसअघि ‘६ एकान ६’ को क्रेजकै कारण फिल्म चलेको बितरकहरु बताउछन । फिल्ममा समेटिएको समाजिक कथा र त्यसको प्रस्तुति पनि दर्शकले रुचाएका छन ।
उज्वल घिमिरे निर्देशित फिलम दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माको निर्माणमा बनेको हो ।

Namaste Filmy

Read Previous

संगीतकार सुरेश अधिकारीलाई पितृशोक

Read Next

मोडलिङमा जम्दै गुरु ।