चितवनमा ‘नाई नभन्नु ल ४’

नेपाली चलचित्र उद्योगमा सर्वाधिक ख्याति कमाउन सफल ‘नाइँ नभन्नु ल’ को चौथो सिक्वेलको अहिले चितवनको विभिन्न ठाउमा छायांकन भैरहेको छ । भदौ २१ गते बाट छायांकन सुरु गरिएको चलचित्र ‘नाई नभन्नु ल ४’ को राजधानी सुटिंग पछि अहिले चितवनमा चलचित्रको बाकी सुटिंग धमाधाम गरिदै छ ।
nai n bhannu la 4विकास आचार्यको लेखन तथा निर्देशनमा निर्माण हुदै रहेको यस चलचित्र एउटा पारिवारिक प्रेमकथालाई फरक ढंगले प्रस्तुत गर्न लागेको आचार्यले नमस्ते फिल्मी सगको भेटमा जानकारी दिनु भयो ।आचार्य सग चलचित्रको सुटिंगको लागि चितवन नै रोज्नुको कारण बारेमा हाम्रो प्रस्नमा उहाले सजिलै उतर दिनु भयो : बास्तबमै चितवनमा चलचित्र सुटिंगको लागि यति राम्रा राम्रा लोकेशन छन् जसले गर्दा हामीले हाम्रो चलचित्रमा खोजेको सबै लोकेशन चितवनमा सजिलै पाउन सक्ने भएकोले नै हामी चितवन आएको बताउनु भयो ।
nai n bhannu la 4 ,.करिब ७० लाख लगानी रहने यस चलचित्र ‘नाई नभन्नु ल ४’ को सुटिंग करिब एक महिनामा असोज २१ गते चितवनमा नै सकिने समेत नमस्ते फिल्मी सगको भेटमा बताउनु भयो।अहिले सम्म करिब ५०% फिल्म सकिए यस चलचित्र अहिले सम्मै सिक्वेलमा उत्कृस्ट बनेको निर्माता तथा निर्देशक विकास आचार्य बताउनु भयो । चलचित्रमा गीत संगीत पनि उतिकै राम्रो बनेकोले यो चलचित्र अझै उत्कृस्ट बन्ने उहाको दाबी छ । हामी सगको भेटमा चलचित्रमा मुख्य भूमिकामा देखिने कलाकार अनुभव रेग्मीले हामीलाई चलचित्रको गीत समेत सुनाउना पुगे ।
nai n bhannu la 4.यस चलचित्रमा अनुभव रेग्मी,प्रियंका कार्की,पल शाह, बर्षा राउत,आचल शर्मा सरोज खनाल , मरिचमान श्रेष्ठ,शिशिर भण्डारी,पुष्प आचार्य लगायतको अभिनय रहने छ । फिल्मलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्दैछन । यसअघिका तीन वटा प्रिक्वेल हिट भएकाले पनि फिल्मको नामबाटै प्रतिक्षित बनिसकेको छ ।चलचित्रको छायांकन पुरुषोत्तम प्रधान, द्वन्द्व हिमाल केसी, संगीत वसन्त सापकोटा, , सम्पादन अर्जुन जिसी, नृत्य निर्देशन कविराज गहतराज र पाश्र्व संगीत एलीस कार्कीको रहेको छ ।चलचित्र आगामी चैत्र २६ गते रिलिज हुनेछ ।
nai n bhannu la 4,

Namaste Filmy

Read Previous

चंखे शंखे पंखेले प्रचारप्रचारको सीमा नाग्यो

Read Next

आमिरको प्रतिक्षित फिल्म 'दंगल'को फस्टलुक हेर्नुस