यस्तो छ 'ठमेल डटकम' । ट्रेलर सार्वजनिक

Thamel.comगोपिकृष्ण मुभिजको नयाँ फिल्म ठमेल डटकमको ट्रेलर रिलिज गरिएको छ । फिल्मको मुख्य नायक अनुपबिक्रम शाही हाबि ट्रेलरले शहरको वास्तविकता र कालो कर्तुतहरुलाई उजागर गरेको छ ।
फिल्मलाई राजकुमार शर्माले निर्देशन गरेका हुन । निकिता पौडेल, निरक पौडेल र निरज पौडेल निर्माता रहेको फिल्म उद्धव पौडेलको प्रस्तुतिमा बनेको हो । फिल्ममा अनुपबिक्रम शाही, निता पोखरेल, प्रमोद अग्रहरी लगायते सशक्त अभिनय छ ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्मको साँगीतिक पक्षले निकै चर्चा कमाइसकेको छ । अर्जुनले नै गाएको मेरो सुखले दिन ढल्दैन बोलको गीत अहिले निकै चर्चामा छ ।
फिल्म कार्तिक ५ र ६ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको छ ।

Namaste Filmy

Read Previous

`लुटेरा'को टिजर सार्वजनिक, चलचित्रमा निखिलको डरलाग्दो एक्सनहरु (भिडियो सहित )

Read Next

भिलेन बन्दैछन सलमान खान