‘हिम्मतवाली’लाई 'तथास्तु' गर्दै निर्देशक सबिर श्रेष्ठ

सफल निर्देशक सबिर श्रेष्ठ अब आफ्नै लगानीमा फिल्म निर्माण गर्ने भएका छन् । सबिर श्रेष्ठले  निर्माण तथा निर्देशन गर्ने चलचित्रको नाम भने ‘तथास्तु’ राखिएको छ ।‘हिम्मतवाली’नायिका रेखा थापाको मुख्य भूमिका रहने सो चलचित्रमा अभिनेता किशोर खतिवडाको पनि अभिनय रहने छ ।
1965064_714361011918233_1792757105_n
नायिका रेखा थापाको आफ्नो चलचित्र ‘हिम्मतवाली’को सुटिंग सके लगतै बैशाख १५ बाट चलचित्र ‘तथास्तु’ सुटिंग शुरू गर्ने चलचित्रका निर्माता तथा निर्देशक सबिर श्रेष्ठले नमस्ते फिल्मलाई जानकारी दिनु भयो ।सबिर श्रेष्ठको कथा रहेको यो फिल्मको पटकथा तथा संवाद जगदिश्वर थापा रहने छ । बसन्त सापकोटाको संगीत,शिव ढकालको छायांकन रहने छ भने चलचित्रलाई काठमाण्डौ र जोमसोममा सुटिङ गरिने भएको छ ।
1922107_596218090455793_1817896947_n
यस्तै अन्य प्राबिधिक र कलाकारको छनोट प्रक्रिया चलिरहेको केहि दिनमा सबै सकिने निर्देशक सबिर श्रेष्ठ जानकारी दिनु भयो ।नायिका रेखा थापाले निर्माण गर्ने अर्को चलचित्र कमला निर्देशन गर्ने भनेका निर्देशक सबिर श्रेष्ठ अब आफ्नो चलचित्र निर्देशन गर्ने भए पछि सो चलचित्र कमला भने अब केहि समय नबन्ने पक्का भएको छ ।सबिर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘आधी बाटो’ यहि चैत्रको २१ गते बाट प्रर्दशन आउदैछ ।
 
 
 

Namaste Filmy

Read Previous

राजेश हमाल स्वदेशी तथा विदेशी कार्यक्रममा ब्यस्त चलचित्र क्षेत्रबाट फुर्सद

Read Next

बैशाख ५ मा “मेन्टल” आउदै