नारायणगढमा 'शिरमायाँ' देखाइने

Shirmaya-filmगुरुङ समुदायको कथा समेटिएको चलचित्र ‘शिरमाया’ असोज ९ गते शनिबार नारायणगढमा प्रदर्शन गरिने भएको छ । चलचित्र उद्योग बाणिज्य संघ चितवनको हलमा प्रदर्शन हुन लागेको हो ।
लामो समयसम्म चितवनको सञ्चार क्षेत्रमा रहेर काम गरेका घना गुरुङ निर्देशित चलचित्रमा चेत गुरुङ, धनु गुरुङ, राजनदिल गुरुङ, नविन गुरुङ, तुलमान गुरुङ, डी.बी. घले, मेनुका गुरुङलगायतको अभिनय छ ।
चलचित्रलाई दिपेन गौतम र बिजय घलेले निर्माण गरेका हुन ।  निर्देशक घना गुरुङकै कथा रहेको चलचित्रको छयांकन पनि उनि स्वयमले गरेका हुन भने व्यवस्थापन लक्ष्मण गुरुङले गरेका छन् ।
सामाजिक तथा प्रेम कथामा आधारित चलचित्र शिरमायाँ चितवनका विभिन्न रमणीय स्थानहरुमा छायाङकन गरिएको हो । लामो समयदेखि  चितवनको सञ्चार क्षेत्रमा रहेर गरेको कार्यानुभवको आधारमा चलचित्र क्षेत्रमा हात हालेको निर्देशक गुरुङले बताए । चलचित्रको नतिजा सोचेजस्तो आउनेमा आफू ढुक्क रहेको उनको आशा छ । उनले शिरमायाँ हेरेर प्रतिकृया दिन सबैको आग्रहसमेत गरे ।
यस्तै असोज १६ गते शनिबार चितवनकै जुगेडिमा पनि चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

Namaste Filmy

Read Previous

बलिउड कलाकारसँग निरुताको मस्ती । भिडियो

Read Next

अनमोल र सलोनले ‘गाजालु’मा मिस नेपाल सृष्टि श्रेष्ठसग रोमान्स गर्ने