बैशाख ५ मा “मेन्टल” आउदै

राजेन्द्र कार्की÷फागुन २४÷हेटौंडा
विदेशमा रहेका नेपालीयुवाहरुद्धारा निर्माण गरिएको चलचित्र “मेन्टल”को बैशाख ५ गते अल नेपाल रिलिज हुने भएको छ । क्षमतावान तथा जेहन्दार नेपाली युवाहरुले भोग्नु परिरहेको तितो यर्थाथमा आधारित चलचित्रका लागि वैदेशिक रोजगारमा संलग्न रहेका नेपालीहरु केहर सिंह भण्डारी, हरि क्षेत्री, कुन्दन धिताल र बसन्त बर्माले लगानी गरेका हुन ।
532110_638624062817998_2027631662_n
नेपालमा बढ्दै गइरहेको राजनितिक प्रभाव, आफन्त, भनसुन र नगद नजरानाको माध्यमबाट योग्यता, क्षमता नभएता पनि कुनै गैरसरकारी संघसंस्थामा संलग्न रहेर राम्रो आनसानमा दिन बिताइरहेका युवाहरुको एउटा ठुलै जमात रहेका छन् भने अर्को युवाहरु जो क्षमतावान, योग्य र इमान्दार पनि छन् तर उनीहरुको आधुनिक सम्पर्क सुत्र हरु (खुशामत, चाकडी, चाप्लुसी, दलाली) नहुँदा अवसर नपाई त्यसै–त्यसै पेन्डुलम भइ भएको योग्यता क्षमतामा समेत खिया पारेर राखिरहनु परिरहेको यथार्थ छ । यसै विषयवस्तुमा आधारित रहेर आफ्नै देशमा नै आफ्नो योग्यता, क्षमता, रगत, पसिना लगाउँछु भन्दा भन्दै एउटा स्नाकोत्तर पुरा गरेको जेहेन्दार नेपाली युवाले कसरी समाजमा समेत उपेक्षित हुँदै पागल हुनु पर्दछ भन्ने विषयलाई चलचित्रको मुख्य कथा रहेको छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगित रहेको छ । कथा भोजराज देवकोटाको रहेको छ भने शब्द प्रथमको रहेको छ । चलचित्रका मुख्य पात्रहरु प्रथम र पुजा रहेका छन् । चलचित्रको निर्देशन सरोज पौडेलले गर्नु भएको छ ।

Namaste Filmy

Read Previous

‘हिम्मतवाली’लाई 'तथास्तु' गर्दै निर्देशक सबिर श्रेष्ठ

Read Next

सम्बन्धको अर्थ बुझ्ने प्रयास नगरेको हैन हिरो 'रेश मरहठा'ले। (भिडियो)