बुटवल र भैरवहामा ‘सुब्बा साब’को सुटिंग (फोटो फिचर )

subba sab6
राजु अधिकारीको निर्देशन निर्माण भैरहेको चलचित्र ‘सुब्बा साब’ को छायांकन यति बेला बुटवल र भैरवहाको विभिन्न ठाउमा भै रहेको छ ।पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सुब्बा साब’निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्व नै को मुख्य कथा हो ।पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको यस चलचित्रमा नया पुराना चलेका ठुला स्टारहरुको अभिनय रहेको छ ।
subba sab1
चलचित्रमा जीवन लुईटेल,सरोज खनाल ,गौरी मल्ल,गणेश उप्रेती, बर्षा सिवाकोटि,महिमा सिलवाल जान्बी बस्नेत,दिपक ढकाल ,अर्जुन गौतमको मुख्य भूमिका रहेको छ । चलचित्रलाई जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गर्न लागेका हुन । मौनता श्रेष्ठको पटकथा, हिरामणि न्यौपानेको कथा तथा संगीत र पवन गौतमको छायांकन रहेको चलचित्र ‘सुब्बा साब’ करिब तिस प्रतिशत सकिएको छ ।
subba sab8
बुटवल र भैरवहाको गर्मि र बन्द हड्तालले गर्दा चलचित्रको छायांकन सोचे जस्तो न भए पनि चलचित्रमा कलाकारको अभिनय र चलचित्रको कथा बस्तुले चलचित्र एकदमै राम्रो भनेको चलचित्रका निर्देशक राजु अधिकारीले बताउनु भयो । चलचित्रका केन्द्रिय पात्र सुब्बा अभिनेता सरोज खनालले चलचित्र एकदमै राम्रो बनेको तर यहि बेला चितवनमा चलचित्र नाई न भन्नु ४ मा समेत समय दिनु परेकोले आफुले समय मिलाउन गारो परेको बताउनु भयो ।
subba sab5
तेस्तै नायक जीवन लुइँटेलले चलचित्र सोचेको भन्दा राम्रो बनेकोले आफुले यस चलचित्र बाट धेरै आशा गरेको समेत बताउनु भयो ।अभिनेत्री गौरी मल्लले नया पुराना कलाकार सग काम गर्दा एकदमै लागेको साथै चलचित्र उत्कृस्ट बन्नेमा आफुले बिस्वस्त रहेको बताउनु भयो ।
subba sab9
subba sab7
subba sab2

Namaste Filmy

Read Previous

अनमोल र सलोनले ‘गाजालु’मा मिस नेपाल सृष्टि श्रेष्ठसग रोमान्स गर्ने

Read Next

राष्ट्रिय बक्सअफिस अवार्डको तयारी तिब्र