भूकम्पले क्षेति बिद्यालय पुन निर्माणको लागि “Happy Dashain – 2072 with Runway Fashion”हुदै

dashian progarmm
गत बैशाख १२ गते गएको बिनाशकारी महाभूकम्पले देशै भरि ठुलै नोक्सान पुराएर गएको छ । भूकम्प पिडितको लागि विभिन्न क्षेत्र बाट सहयोग आउने क्रम आझै जारी छ । शनिबार चितवनमा “सिनेम्याक्स ईन्टरटेन्टमेन्ट ” ले पत्रकार भेटघाट गरि उक्त कार्यक्रम गरेर बिनाशकारी महाभूकम्पले सिन्धुपाल्चोक हाईबुंग गाबिस वार्ड न २ मा रहेको श्रीकाली सरन निम्न माध्यामिक बिद्यालयको भवन पूर्णरुपमा क्षेति भएकोले उक्त बिद्यालयको पुन निर्माणको लागि सहयोगार्थ स्वरूप गर्न लागेको जानकारी दिनु भयो | “Happy Dashain – 2072 with Runway Fashion”दिएको सो कार्यक्रम अशोज २६ गते मंगलबार चितवनको नारायणी नदि किनारमा हुदैछ  ।
dashain progarmm
भूकम्प पिडितको लागि गरिनी साँस्कृतिक तथा आधुनिक पहिरनको सहितको बिभिध कार्यक्रमलाई पहिलो पटक चितवनमा बृहत रुपमा आयोजना गरिने भएको छ । कार्यक्रममा रनवे फेशन कन्सर्ट तर्फ सोनी खड्का , अश्मिता के सी , मनिषा श्रेष्ठ ,अलिना कार्की , सुष्मा कार्की , प्राथना थापा , लगायत ख्याती प्राप्त मोडलहरु त्यस्तै गायक , गयिकामा सुगम पोखरेल ,कमल क्षेत्री , श्रेया सोतांग , सुजिल कर्माचार्य , भरत सिटौला , मिलन अमात्य , प्रेम परियार , काली प्रसाद्द बास्कोटाले आफ्नो प्रस्तुति दिने छन् । करिब सात लाखको लगानी रहने यस कार्यक्रममा प्रवेशको लागि २५०को टिकट लिनु पर्ने छ  ।

Namaste Filmy

Read Previous

'बागमती'को ट्रिजर सार्वजनिक ,महानायक राजेश हमाल कमव्यक हुने पक्का (भिडियो सहित)

Read Next

गुरुङ समुदायको कथा 'सिरमाया' देखाइयो