गुरुङ समुदायको कथा 'सिरमाया' देखाइयो

Sirmaya gurung filmगुरुङ समुदायको कथा बोकेको फिल्म ‘शिरमाया’ नारायणगढमा प्रदर्शन गरिएको छ । शनिबार नारायणगढको उद्योग बाणिज्य संघको सभाहलमा फिल्मको बिशेष प्रदर्शन गरिएको हो । फिल्मको बिशेष प्रदर्शन समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित फिल्मका कलाकार र अन्य दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । Sirmaya gurung film1सो समारोहमा बोल्दै फिल्मका लेखक निर्देशक घना गुरुङले रहरै रहरमा फिल्ममा हात हालेको र सिरमायाको पहिलो शो मै दर्शकको उल्लेख्य उपस्थिति रहनुले आफुलाई थप जिम्मेवारी दिएको बताए । विशेष गरि गुरुङसमुदायको रितिरिवाज, परम्परा र भेषभुषा लाई चिनाउनको लागि पनि सिरमाया निर्माण गरिएको उनको जोड थियो । Sirmaya gurung film4गुरुङ भिजन प्रालिको ब्यानरमा बनेको फिल्ममा चितवनमा स्थापित सञ्चारकर्मीहरुको अभिनय छ । फिल्मका कलाकारहरु तुलमान गुरुङ, राजन दिल गुरुङ, घना गुरुङ चितवनमा चिनिएका सञ्चारकर्मीहरु हुन । यसबाहेक चेत गुरुङ, धनु गुरुङ, डिबी घले, मेनुका गुरुङलगायतको अभिनय फिल्ममा छन ।Sirmaya gurung film2फिल्मलाई दिपेन गौतम र बिजय घलेले निर्माण गरेका हुन । निर्देशक घना गुरुङकै कथा र छयांकन रहेको फिल्मको ब्यवस्थापन लक्ष्मण गुरुङले गरेका हुन । सामाजिक तथा प्रेम कथामा आधारित फिल्ममा चितवनका विभिन्न रमणीय स्थानहरुको दृश्य समेटिएको छ । फिल्मको असोज १६ गते जुगेडिमा विशेष प्रदर्शन गरिने बताइएको छ । Sirmaya gurung film3

Namaste Filmy

Read Previous

भूकम्पले क्षेति बिद्यालय पुन निर्माणको लागि “Happy Dashain – 2072 with Runway Fashion”हुदै

Read Next

मोडलिंङ्मा जम्दै एलिना ,नायिका बन्ने धोको