बसन्तको आगमनसंगै आउदैछ ऋतु पनि । रिलिज डेट फाल्गुन २३।

ऋतुसंगै बदलिरहने जीवनका तीतामिठा पलहरुलाई कथाबस्तु बनाइएको फिल्म ऋतु अब प्रदर्शनको लागी तयार भएको छ । राजवल्लभ कोइराला र पुर्व मिस नेपाल मलिन जोशीको मुख्य भुमिका रहेको फिल्मलाई नव निर्देशक मनोज अधिकारीले निर्देशन गरेका हुन ।
gallery_1
फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान, अपिल बिष्ट ले संयुक्त रुपमा निर्माण गरेका हुन ।आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्, अपिल विष्ट फिल्मस र अशोक गौतम फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा राज र मलिनासँगै रीमा विश्वकर्मा, बिष्णु न्यौपानेको पनि मुख्य भूमिका छ । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको यो फिल्मलाई सन्दीप बडालले लेखेका हुन् । फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ । फिल्म आगामी फाल्गुन २३ बाट रिलिज हुदैछ ।
प्रोमो हेर्नुहोस :

Namaste Filmy

Read Previous

बिगतको ख्याती, कार्यशैली र म प्रतिको विश्वासले अवसर पाएकी हुँ : नायिका शिल्पा पोखरेल

Read Next

धरानमा गरियो झोलेको प्रिमियर । हलमा भने फाल्गुन ९ गतेबाट लाग्ने ।