सम्बन्धको अर्थ बुझ्ने प्रयास नगरेको हैन हिरो 'रेश मरहठा'ले। (भिडियो)

नेपाली सुगम संगीतका चर्चित गायक दिप श्रेष्ठको स्वरमा रहेको सम्बन्धको अर्थ बुझन प्रयास मैले गरिन कि बोलको गीत भिडियोमा सार्वजनिक भएको छ ।Picture1सञ्चारकर्मी एवं निर्देशक प्रदिप निरौलाको निर्देशनमा तयार भएको भिडियोमा नायक रेश मरहठा र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन । गीतमा चर्चित गीतकार योगेन्द्रमणि दहालको शब्द रहेको छ भने चर्चित संगीतकार राजु सिह को सगीत रहेका छन । गीतमा जति त्याग र दुख, कष्ट गरेपनि जीवनसंगीनीलाई खुशी बनाउन नसकिएको भाव पोखिएको छ । भिडियोलाई हरि हुमागाईले खिचेका हुन भने भरतमणि रेग्मीले सम्पादन गरेका हुन ।
गीतलाई एल्बम यात्रा २ मा समावेश गरिएको छ । स्मरण रहोस यसअघि पनि दिप श्रेष्ठ, राजु सिह र योगेन्द्रमणि दहालले यात्रा नामको एल्बम बजारमा ल्याइसकेका छन र एल्बमले राम्रो चर्चा पनि पाइसकेको छ ।

Namaste Filmy

Read Previous

बैशाख ५ मा “मेन्टल” आउदै

Read Next

बन्ने भयो 'भुलभुलैया' । फिल्म 'नोटबुक' को टीम दोहोरिने ।