यस्तो छ 'इनास अवार्ड'को उत्कृष्ट ३ मनोनयन

Inas-award-2072अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) ले आयोजना गर्न लागिएको इनास अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक समारोहका बीच १४ विधामा अवार्डको ३ मनोनयन सार्वजनिक गरिएको हो ।
जारी मनोनयनमा  ‘बितेका पल’ ले उत्कृष्ट नृत्य निर्देशक,उत्कृष्ट गायिका, उत्कृष्ट गायक, उत्कृष्ट सम्पादन र उत्कृष्ट अभिनेत्री गरी ५ विधामा मनोनयनमा परेको छ  । त्यस्तै इनासकै सदस्य बाबु बोगटी पनि ‘बितेका पल’बाटै उत्कृष्ट गायकको मनोनयमा परेका छन् ।
प्रकाश सुवेदी जुरी संयोजक रहेको निर्णायक टोलीले १४ विधामा उत्कृष्ट तीनको नाम सार्वजनिक गरेको हो । जुरीमा लक्ष्मीनाथ शर्मा, शान्तिप्रिय, सुरेश अधिकारी, सरिता लामिछाने सदस्य रहेका छन् । आयोजकले बालकलाकार, द्वन्द्व,नृत्य निर्देशक,गायिका, गायक,गीतकार,गीतकार, संगीतकार,आलेख,सम्पादन,छायांकन, अभिनेत्री,अभिनेता,निर्देशक र चलचित्र गरी १४ विधाको मनोनयन सार्वजनिक गरेको हो । Inas-award-20721अनमोल केसी (जेरी), आर्यन सिग्देल(नोभेम्बर रेन), दयाहाङ राई (कबड्डी), उत्कृष्ट अभिनेताको मनोनयनमा पर्दा केकी अधिकारी(बितेका पल), नम्रता श्रेष्ठ (नोभेम्बर रेन) र शिल्पा पोखरेल (लज्जा)बाट मनोनयनमा परेका छन् ।‘टलकजंग भर्सेज टुल्के’, ‘कबड्डी’, ‘नोभेम्बर रेन’उत्कृष्ट फिल्मको मनोनयनमा अटाएका छन् भने भने सोही तीन फिल्मका निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ र दिनेश राउत उत्कृष्त निर्देशकमा परेका छन् ।

शलेन्द्र डि कार्की (जेरी), सञ्जय लामा( स्टुपिड मन) र पुरुषोत्तम प्रधान(कबड्डी)बाट छायाँकारको मनोनयनमा छन् भने ‘कबड्डी’ बाट निमेष श्रेष्ठ,‘बितेका पल’बाट विपिन मल्ल र ‘लोकेश बज्राचार्य ‘टलकजंग भर्सेज टुल्के’बाट सम्पादनबाट मनोनयनमा छन् । लेखनमा भने रामबाबु गुरुङ र उपेन्द्र सुब्बा(कबड्डी), विकाश आचार्य (नाई नभन्नू ल२) र गजित–गम्भिर बिष्ट(लव यु बाबा) बाट उत्कृष्ट तीनमा परेका छन् । संगीत तर्फ भने ‘स्टुपिड मन’बाट अर्जुन पोखरेल, ‘नाई नभन्नू ल २’बाट बसन्त सापकोटा र ‘कोहिनूर’बाट शम्भुजित बाँस्कोटा मनोनयनमा परेका छन् ।

Namaste Filmy

Read Previous

एफ.डी.का अध्यक्ष महर्जन भन्छन् –‘मेरो कार्यकालमा बजार फराकिलो बनाउँछु’

Read Next

डिजेल, पेट्रोल नभएपछि रोकिदै सुटिङ