डिजेल, पेट्रोल नभएपछि रोकिदै सुटिङ

kismat-2भारतले अघोषित रुपमै नाकावन्दि गरेपछि देशमा यतिबेला पेट्रोलियम पदार्थको चरम अभाव देखिएको छ । सर्वसाधरणहरु त यसको मारमा परेका छन नै हाल छयांकनरत फिल्महरु पनि यसको मारमा परेका छन ।
धमाधम खिचिरहेको फिल्म ‘किस्मत २’ को छयांकन पेट्रोल डिजेल पाउन छाडेपछि रोकियो । अब तेल सहज रुपमा नपाइएसम्म फिल्मको छयांकन सुचारु हुने छैन । मुस्ताङका जोमसोम लगायत क्षेत्रमा छयांकन सकाएर फर्किएको ‘किस्मत २’ युनिट राजधानीमा फिल्म खिच्ने तयारीमा थिए ।
यस्तै आर्यन सिग्देल र नम्रता श्रेष्ठको लभस्टोरी ‘क्लासिक’ पनि सुरु हुन सकेन । असोज ११ गतेबाट फ्लोरमा उत्रने भनिएपनि तेल अभाव देखिएपछि फिल्मको काम हुन सकेन ।
यसबाहेक पेट्रोलियम पदार्थको अभाव भन्दै थुप्रै फिल्म तथा म्युजिक भिडियाहरुको छयांकन स्थगित गरिएको छ ।
हाल बिकास आचार्यको नाइ नभन्नु ल ४ र रेखा थापाको रामप्यारी भने छयांकनमा छन । यी फिल्म पनि तेलकै कारण कतिबेला थन्किने हुन टुङगो छैन ।

Namaste Filmy

Read Previous

यस्तो छ 'इनास अवार्ड'को उत्कृष्ट ३ मनोनयन

Read Next

सलमानको प्रतिक्षित फिल्म 'प्रेम रतन धन पायो' को ट्रेलर रिलिज । भिडियो