सलमानको प्रतिक्षित फिल्म 'प्रेम रतन धन पायो' को ट्रेलर रिलिज । भिडियो

prem ratan dhan payo salmanबलिउड स्टार सलमान खान अभिनित पछिल्लो फिल्म ‘प्रेम रतन धन पायो’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । निर्माण कम्पनीले बिहिबार फिल्मको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरले सलमानको चर्को क्रेजलाई थप जगमगाउने देखिएको छ । निर्माण सुरु भएसँगै निकै चर्चामा रहेको फिल्ममा सलमानसँगै सोनम कपुर, निल नितिन मुकेश, अनुपम खेर लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई राजश्री प्रोडक्सनको ब्यानरमा सुरज बाडजत्याले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

डिजेल, पेट्रोल नभएपछि रोकिदै सुटिङ

Read Next

'नेपाली हिपहप डटकम' सञ्चालनमा