आर्यनले आशिकालाई किन जुनीजुनी तिमि मेरी भन्न पाइयोस् भन्दै छन् हेर्नुहोस (भिडियो सहित)

चकलेटी नायकको रुपमा परिचित अभिनेता आर्यन सिग्देल आज भोलि फेरी थोरै चलचित्रमा अभिनय गर्न थालेका छन् ।उनको पछिल्लो समय आशा गरेको चलचित्र ‘सुश्री’ प्रदर्शनको तयारीमा रहेको छ ।चलचित्र लेखनमा नाम कमाउन सफल लेखक शिबम अधिकारीले निर्देशन गरेका हुनाले पनि नायक आर्यन यस चलचित्र बाट धेरै आशाबादी रहेका छन् ।
sushree ashika aryanचलचित्रको सार्वजनिक ट्रेलर दर्शकको मन जितेको चलचित्र ‘सुश्री’ गीतले पनि बजारमा राम्रै चर्चा पाउना थालको छ ।हालसालै सार्वजनिक चलचित्रको ‘यस्तो माया गरु तिमीलाई…’ दर्शक तथा स्रोतले मन पराएका छन् । सार्वजनिक उक्त गीतमा आशिष पुरुषको शब्द,सुबास भुषालको संगीतमा सन्तोष लामा र निकिता थापाले स्वर भरेकी छिन् । गीतमा शंकर बिसीको कोरियोग्राफी रहेको छ । चलचित्रमा आर्यनसगै आशिका तमाङ ,सुरबिना कार्की,बिकास चापागाईं,राजाराम पौडेल,मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।आशिका फिल्म्सको ब्यानरमा निर्मित चलचित्रलाई आत्माराम थापाले निर्माण गरेका हुन् भने चलचित्रलाई रोहित रत्नले वितरणको जिम्मा लिएका छन् ।

Namaste Filmy

Read Previous

आर्यनको क्लासिक छायांकनमा

Read Next

रंगपत्रकार बिकास समुन्द्री किनारमा रबिनासग रोमान्स गर्दै (भिडियो सहित )