सेल्फिलाई घृणा गर्ने हिरोइन

sofia-vergara_sm_650_100415122735आजभोली सेल्फिको जामना छ । जोसुकैले जतिखेर पनि सेल्फि लिइरहेको पाइन्छ । यसरी संसारमै सर्वाधिक लोकप्रिय बनिरहेको सेल्फिलाई एक हलिउड अभिनेत्रीले भने घृण गर्छिन ।
कोलम्बियाई–अमेरिकी अभिनेत्री तथा मोडर्न फैमिली स्टार सोफिया वेरगारालाई सेल्फि भन्ने बितिकै घृणा जाग्छ । उनलाई सेल्फिसँग घृणा लाग्नुको कारण पनि रोचक छ । सेल्फि खिच्दा क्यामेरा वा मोबाइलको एंगल मिल्ने गरि समात्न नसकेकाले उनले सेल्फि नरुचाएका हुन ।
हालै पिपुल्स म्यागजिनलाई दिएको अन्तरवार्तामा उनले सेल्फिमा आफु साह्रै नराम्री देखिने बताइन । उनले सेल्फि लिने प्रयास पटकपटक गरीसकेको पनि बताएकी छिन ।

Namaste Filmy

Read Previous

जल शाहको आयोजनामा अमेरिकामा भब्य सास्कृतिक कार्य्रक्रम हुदै

Read Next

अक्षयकुमारको सबै रेकर्ड तोड्दै 'सिंह इज ब्लिंग'