बन्ने भयो 'भुलभुलैया' । फिल्म 'नोटबुक' को टीम दोहोरिने ।

262986_2077323687470_1486916_n [dropcap][/dropcap]त बर्ष चलचित्र ‘नोटबुुक’को ‘मायाको भुलभुलैया’ बोलको गीत सार्वधिक हिट गीत बनेको थियो । त्यहि गीतको एउटा शब्दबाट फिल्मको नाम जुराएर निर्देशक योगेश घिमिरेले फिल्म निर्माण गर्ने भएका छन ।

योगेशले आफ्नै प्रोडक्सन हाउस आरुश इन्टरनेशनल खोलेर फिल्म निर्माणको घोषणा गरेका हुन ।उनले फिल्मको नाम ‘भुलभुलैया’ राखेका छन ।

गतबर्ष राम्रै ब्यवसायिक सफलता पाएको फिल्म नोटबुकको निर्देशक समेत रहेका योगेशले भुलभुलैयामा पनि प्राय नोटबुककै टीम दोहोर्याउने भएका छन । नायक जीवन लुइटेल, नायिका निता ढुङगाना, छयांकार संजय लामा, संगीतकार बसन्त सापकोटा, द्धन्दनिर्देशक रोशन श्रेष्ठ, लेखक शिवम अधिकारी, गायक प्रल्हाद तिमिल्सिना दोहोरिने पक्का भइसकेका छन भने अन्य कलाकार र प्रबिधिक फाइनल हुन बाकि छ ।योगेशका अनुसार फिल्मको छयांकन बैशाखको पहिलो हप्ताबाट सुरु गरिनेछ ।

Namaste Filmy

Read Previous

सम्बन्धको अर्थ बुझ्ने प्रयास नगरेको हैन हिरो 'रेश मरहठा'ले। (भिडियो)

Read Next

वीर गोर्खालीको कथा 'निशानी' प्रदर्शनको लागी तयार । (फोटो फिचर)