वीर गोर्खालीको कथा 'निशानी' प्रदर्शनको लागी तयार । (फोटो फिचर)

charity वीर गोर्खालीको कथालाई मुख्य विषयबस्तु बनाइएको फिल्म निशानी अब छिट्टै प्रदर्शनमा आउने भएको छ । सन १९९९ मा भारत र पकिस्तानको सिमाना खालुवार र कार्गिलमा भएको युद्धमा भारततर्फबाट पकिस्तानबिरुद्ध युद्ध लडदा वीरगति प्राप्त गरेका १४ गोर्खालीहरुको बास्तविक कथामा फिल्म बनेको हो ।

फिल्ममा सिक्किम सरकारको अनुमतिमा केहि वास्तविक हतियारहरु समेत प्रयोग गरिएको बुझीएको छ । सिक्किम, इलाम चियाबारी, लमजुङ घलेगाऊ लगायतका स्थानहरुमा छयांकन गरिएको फिल्मलाई धरानका फिल्मकर्मी प्रेम सुब्बा ले निर्माण गरेका हुन ।nishani 4
बिनोद सेरेङको निर्देशन रहेको फिल्मलाई वीर गोर्खालीको गाथा अर्थात लाहुरेको निशानीको रुपमा लिइएको छ ।

फिल्ममा इडियन आइडल प्रशान्त तामाङ को मुख्य अभिनय रहेको छ भने प्रेम सुब्बा, जयनन्द लामा, सिरु बिष्ट, कोपिला थापा, सुरज भट्ट, अनु गुरुङ, बिष्णु चेम्जोङ लगायत सिक्किममा रहेका गोर्खाली सेनाको समेत अभिनय रहेको छ ।nishani 1
सिनाई कमर्सियल प्रा लिको प्रस्तुति रहेको फिल्ममा प्रेम सुब्बा सहित सरोज भण्डारी, ललिता सेरेङ लगायतको लगानी रहेको छ । फिल्ममा बिनोद सेरेङकै कथा, संवाद रहेको छ भने उभराज राई को छयांकन, जनक गुरुङको द्धन्द, बि बि अनुरागीको संगीत, गोविन्द राई र शिव शर्माको नृत्य, विपिन र सुरज, स्वं. साम्भा पटिल को मेकअप रहेको छ ।nishani 8
प्रदर्शन मिति नतोकिएपनि फिल्मको विभिन्न स्थानमा च्यारिटि शोहरु सम्पन्न भइसकेका छन । काठमाण्डौ, भक्तपुर, ललितपुर, धरान, उर्लाबारी लगायतका विभिन्न स्थानमा च्यारिटि शो सम्पन्न गरिसकेको फिल्मको नारयणघाट, बुटवल, पोखरा लगायत भारतको गुहावटि, आसाम लगायतका केहि स्थानमा पनि च्यारिटि शो गरिन जनाइएको छ । च्यारिटी शो बाट फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । फिल्म हेरिसकेपछि मौलिक नेपाली कथाबस्तुमा फिल्म बनेको र नेपालको वीर गाथालाई बिश्वमाझ चिनाउन सहयोग पुग्ने भन्दै फिल्मको तारिफ गरेको निर्माण युनिटले नमस्तेफिल्मीलाई बताए । nishani 9 nishani 6 nishani 5 nishani 3 nishani 2

Namaste Filmy

Read Previous

बन्ने भयो 'भुलभुलैया' । फिल्म 'नोटबुक' को टीम दोहोरिने ।

Read Next

पहिलोपटक प्रियंकासंग रोमान्स गर्ने भए सैफ अली खानले ।