एक्लिए अनमोल, आनाको नयाँ प्रेमी

Anmol-KC-ana-sharmaJerryyनयाँ पुस्तामा जमेको स्टार हिरो अनमोल केसी र उनको प्रेमीका भनिएको आना शर्मा बीच ब्रेकअप भएको खबर बाहिरीएको छ । फिल्म ‘जेरी’मा जमेसँगै यो जोडिलाई रियल लाइफमा पनि प्रेमि प्रेमिका धेरैले मानेका थिए । तर उनीहरु भने एक अर्कालाई साथी बताउदै आएका थिए ।
अहिले भने उनीहर्रुबीच दुरी छ । अनमोल एक्लै छन भने आना आफ्नो नयाँ प्रेमीसँग रोमान्समा छन । खबरअनुसार आनाको नयाँ प्रेमी यति एयरलाइन्सको मालिकको छोरा भएको बुझिन्छ । उनको नाम सोनाम शेर्पा हो र उनले नै आनाको जिवनमा अनमोललाई रिप्लेस गरेको हो ।
आना अहिले फिल्मबाट ओझेलमा छिन भने अनमोल ड्रिम्स सकाएर फुर्सदमा छन । उनले छिट्टै पुर्व मिसनेपाल सृष्टि श्रेष्ठसँगको गाजालु सुरु गर्दैछन । आनासँग ब्रेकअप पछि अनमोल निकै तनावबाट गुज्रिएको पनि बुझिएको छ ।

Namaste Filmy

Read Previous

"आधा पेज" प्रदर्शनको लागि तयार,पेजलाई इन्भाइट गर्नेलाई कलाकारसग डिनर

Read Next

४ युवतिद्धरा लुटिए सलमान खान