४ युवतिद्धरा लुटिए सलमान खान

salmanसुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । सधै उच्च सुरक्षाका बिच रहने बलिउड स्टार सलमान खान हालै ४ युवतिद्धरा लुटिएका छन ।
खासमा मुम्बईको एक क्लबमा सलमान साथीहरुसँगै रमाइलो गर्न पुगेका थिए । त्यहाँ उनलाई ४ जना युवतिले घेरे । सलमान सँग सेल्फि लिन युवतिहरुले आग्रह गरे । सलमानले पनि ती युवतिहरुसँग सेल्फि दिए । सेल्फि लिएसँगै युवतिहरु गायब भए ।
तर पछि थाहा भयो युवतिहरुले सलमानलाई लुटिसकेछन । सलमानको पर्स तथा केहि महंगो समान टेबलमा राखिएको थियो । ती सबै समान युवतिहरुले लगेछन ।
सलमानको बडिगार्डले प्रहरीलाई खबर गर्न खोजेका थिए । तर सलमानले खासै ठुलो नोक्सान नरहेको भन्दै प्रहरीलाई खबर गरेनने । सलमानले आफ्ना बडिगार्डहरुलाई भने सतर्क गराएका थिए ।

Namaste Filmy

Read Previous

एक्लिए अनमोल, आनाको नयाँ प्रेमी

Read Next

फुलपातिकै दिन फिल्म रिलिज गर्न पाउने