ओस्कर बिजेता हलिउड स्टारको सुटुक्क नेपाल भ्रमण

Adrien_Brody_namastefilmyप्रतिष्ठित ओस्कर अवार्ड विजेता हलिउड अभिनेता एड्रिआन ब्रोडि यसै साता नेपाल आएर फर्किए । तर उनी जस्तो चर्चित सेलेब्रेटी नेपाल आएको न त कुनै अन्तराष्ट्रिय मिडियाले लेखे न त नेपाली सञ्चारमाध्यमले नै पत्तो पाए । उनी निकै साधारण तरिकाले सुटुक्क नेपाल आएर फर्किसकेका छन । उनलाई फकिने बेला मात्र नेपालीको क्यामेराले भेट्टाए । नेपाली निर्देशक सम्झना रौनियारले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कैद गरिन । उनीसँगै नेपाली निर्देशक दिनेश डिसी पनि तस्वीरमा कैद भएका छन । hollywood-broddy-in2खासमा ब्रोडि भुकम्पपछिको पुननिर्माणमा सघाउन नेपाल आएको बुझिन्छ । उनी बत्तीसपुतलीको द्धारिकाज होटलमा बसेका थिए । हलिउडमा थुप्रै हिट फिल्म दिएका ब्रोडिको पछिल्लो फिल्म ड्रागन ब्लेड केहि महिनाअघि मात्र रिलिज भएको थियो ।

Namaste Filmy

Read Previous

यसकारण प्रतिक्षित छ 'ठमेल डटकम' । कारणसहित

Read Next

पत्रकार डब्बु क्षत्रीको ‘झम झम झरी’को भिडियो सार्वजनिक (भिडियो सहित )