पत्रकार डब्बु क्षत्रीको ‘झम झम झरी’को भिडियो सार्वजनिक (भिडियो सहित )

_MG_9356
पत्रकार डब्बु क्षत्रीको शब्द तथा निर्देशनमा तयार पारिएको ‘झम झम झरी’ बोलको भिडियो सार्वजनिक गरिएको छ । जुगल डंगोलको संगीत र दिपक लिम्बुको स्वर रहेको यस भिडियोलाई राजधानीमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको हो । गायक दिपक लिम्बु, संगीतकार जुगल डंगोल र मोडल अम्बर श्रेष्ठले भिडियोको सार्वजनिक गरेका हुन् ।कार्यक्रममा गजलकार क्षेत्रीले एक दशक अघि आफुले पत्नीसँग पोखरा घुम्दा त्यही यो गजल लेखेको बताउनु भयो ।यस भिडियोलाई पोखरामै सुटिङ गरिएको छ ।सार्वजनिक भिडियोमा अम्बर श्रेष्ठ र कृति पुरीको अभिनय रहेको छ ।भिडियोमा रामशरण उप्रेतीले छायाङकन र मित्र गुरुङले सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

ओस्कर बिजेता हलिउड स्टारको सुटुक्क नेपाल भ्रमण

Read Next

'रातो घर'को 'झक्कास झापाली'आईटम गीत सार्वजनिक (भिडियो सहित )