मशहुर तामिल अभिनेत्री मनोरमाको निधन

manorama_namastefilmyमशहुर तामिल अभिनेत्री मनोरमाको निधन भएको छ । ७८ बर्षीय उनको शनिबार राति चेन्नईको एपोलो अस्पतालमा निधन भएको हो । उनलाई केहि दिनअघि स्वासप्रश्वास मा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
थियटरबाट अभिनय थालेकी उनले ‘मलैयिता मंगई’बाट फिल्ममा डेब्यु गरेकी थिइन भने पछिल्लोपटक ‘सिंघम २’ मा अभिनय गरेकी थिइन । यसबीचमा उनले १२ सय भन्दा बढि फिल्ममा अभिनय गरेकी थिइन ।

Namaste Filmy

Read Previous

नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई सेलेब्रेटीको बधाई

Read Next

दशैको दिनमै 'ठमेल डटकम' । सेन्सरले दियो पिजी