“प्रेम गीत”को ट्रिजर सार्वजनिक, ‘भ्यालेन्टाइन डे’मा प्रदर्शनमा आउने (भिडियो सहित )

prem geetचलचित्र “प्रेम गीत”को ट्रिजर सार्वजनिक गरिएको छ । सुदर्शन थापाले निर्देशन गर्नु भएको चलचित्र “प्रेम गीत”को ५४सेकेन्ड लाटिजरमा नायिका पूजा शर्मासंगै नवनायक प्रदिप खड्काको मुख्य अभिनय देखिन्छ।आसुसेन फिल्मसको दोश्रो प्रस्तुतिका रुपमा ‘रोमान्टिक लभ स्टोरी’ कथा बोकेको चलचित्र ‘प्रेम गीत’ ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरि प्रदर्शन गर्न लागिएको छ ।सार्वजनिक टिजरको गीतमा अहिलेका सफल र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। फिल्मको यो गीतमा रेनेशा राईको कोरियोग्राफी छ भने राजेश श्रेष्ठले उत्कृष्ट प्रविधीको प्रयोग गरी छायांकन गरेका हुन्।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।
https://www.youtube.com/watch?t=46&v=xnO9mjBTEZc

Namaste Filmy

Read Previous

'नाई नभन्नु ल' सिरिजबाट किन बाहिरिए जीवन ?

Read Next

बुटवलमा बसेरै गुणस्तरीय भिडियो बनाउदै प्रदिप