२९ दिनमा सकियो रेखाको ‘रामप्यारी’को छायांकन

rekha thapaनायीका तथा निर्मात्री रेखा थापाको निर्माण रहेको चलचित्र ‘रामप्यारी’ सुटिंग सकिएको छ । असोज १ गते बाट छायांकन सुरु गरिएको चलचित्र ‘रामप्यारी’ २९ दिनको छायांकन पछि शुक्रबार बिहान बाट सम्पूर्ण सुटिंग सकिएको छ । नारिप्रधान चलचित्र रामप्यारी एउटा टेम्पो चालक महिलाको कथामा आधारीत चलचित्र हो ।
rekha avashबहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘रामप्यारी’मा रेखा ट्याम्पु चालक महिला बनेकी छिन् भने चलचित्रमा उनि दोहोरो भूमिका देखिदै छैन ।चलचित्रमा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्र लाइ सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
rekha rampiyariदेशमा उत्पन्न इन्धन संकटका बाबजूद पनि समयमै सकिएकोमा चलचित्रको सुटिंग सकिएको नायिका रेखा थापाले शुक्रबार नमस्ते फिल्मी सगको कुराकनिमा बताउनु भयो । नारिप्रधान चलचित्र रामप्यारी एउटा टेम्पोचालक महिलाको कथामा आधारीत चलचित्र हो ।चलचित्रलाई नया बर्षको अवसर परेर चैत्र २६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन गरिने छ । चलचित्र ‘रामप्यारी’मा शिव ढकालको छायांकन ,पटकथा जगदीश्वर थापाले लेखेका हुन् भने द्वन्द्व रोशन श्रेष्ठ र नृत्य निर्देशन रामजी लामिछाने,बसन्त सापकोटा ,थानेश्वर गौतम र रेखा थापाको संगीत रहेको छ ।
rekha

Namaste Filmy

Read Previous

रामकृष्ण ढकाल पनि अमेरिकातिर

Read Next

पुष १०गते बाट प्रदर्शनमा आउने भयो “आधा पेज”