
राजनितिक बिषयमा केन्द्रित फिल्म ‘नागारिक’को अफिसियल ट्रेलर बाहिरीएको छ । बिमल पौडेलको निर्देशनमा बनेको फिल्म ट्रेलरले राजनितिलाई नै केन्द्रमा राखेको छ ।
फिल्ममा पुराना मानिने कलाकारहरु बिश्व बस्नेत, राहुल के.सी .,गणेश उप्रेति सरिता गिरि, रमेश बुढाथोकि लगायतको अभिनय छ । नयाँ पुस्ताको भने अनु शाह र दिव्य लगायतले फिल्ममा अभिनय गरेका छन ।
मुन इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्माता सत्यराज चौलागाई हुन । फिल्म आउदो कार्तिक् २० बाट सार्वजनिक प्रदर्शनको लागि तयार छ ।

