गोपीकृष्ण भुसालको ‘मेरो मन’ हेर्नुहोश (भिडियो सहित)

माधब भुसाल , असोज ३० ।
‘तिम्रै बारेमा’ गितको बोलबाट नेपाली सांगीतिक आकाशमा नक्षेत्रको रुपमा आफुलाइ चिनाउन सफल गायक गोपीकृष्ण भुसालले आफ्नो दाश्रो गित ‘मेरो मन’ लिएर आएका छन् । तिम्रै बारेमा बोलको गितले उनलाई चर्चामा ल्याएको थियो । ‘मेरो मन’मा बिशेषत युवाहरुको मनलाई दर्शाउन खोजीएको गायक भुसालले बताएका छन् । गितमा उनकै शब्द र संगित रहेको छ भने रिकेश गुरुङ यसका एरेन्जर हुन् । गितको भिडियोमा गायक भुसाल स्वयंले अभिनय गरेका छन् । उनलाई साथ दिएकी छिन् सब्बु तामाङले ।
mero manसुमन काइरालाको निर्देशनमा बनेको भिडियोलाइ काइरालाले नै खिचेका हुन् । बालकृष्ण भुसाल, कुलराज भुसाल र प्रकाश सुबेदी भिडियोका निर्माता हुन् । गितलाइ एशियन म्युजिकले बजारमा ल्याएको हो । कसैको प्रेममा परेपछि मनमा आउने युवाहरुको भावलाइ गितमार्फत प्रस्तुत गर्न खोजीएको र यस गितलाइ पनि अघिल्लो गित जस्तै श्रोता र दर्शकहरुले मन पराउने गायक भुसालको बिश्वास छ ।

Namaste Filmy

Read Previous

'फन्को'मा 'लोकल ब्युटी' बन्दै गायिका इन्दिरा जोशी,आइटम गीत सार्वजनिक (भिडियो सहित )

Read Next

अभिनेता बिजय लामाको जहाज ठुलो दुर्घटनाबाट जोगियो