पहिलोपटक प्रियंकासंग रोमान्स गर्ने भए सैफ अली खानले ।

बलिउड छोटा नवाफ सैफ अलि खानले अब हट एण्ड सेक्सी गर्ल प्रियंका संग रोमान्स गर्ने भएका छन । पछिल्लो समय बि टाउनमा राम्रै नाम कमाएका निर्देशक प्रभु देवाको निर्देशनमा छिट्टै बन्ने नयां फिल्म मा सैफ र प्रियंकाको जोडि देखिन सक्ने बताइएको छ ।7-march-saifहाल अजय देवगणलाई लिएर एक्सन जैक्सन निर्देशन गरिरहेको प्रभु देवा ले एक्सन जैक्सन सकिएलगतै नयां फिल्मका काम सुरु गर्नेछन । फिल्म पुर्ण एक्सनप्रधान रहनेछ । फिल्ममा मुख्य कलाकार सैफ अली खान रहनेछ भने उनको अपोजिटमा प्रियंका रहने बताइएको छ । बलिउडका प्राय सबैजसो हिरोइनसंग मस्ती गरिसकेका सैफले पहिलोपटक प्रियंकासंग मस्ती गर्न लागेका हुन । प्राय सबै हिरोइनसंगको रोमान्स फापेको सैफ अली लाई प्रियंकासंग भने कतिको फाप्ने हुन अगामी दिनमा थाहा हुनेछ । प्रियंका अभिनीत पछिल्लो केहि फिल्महरु राम्रो चल्न सकिरहेका छैनन भने सैफ अलीको फिल्मले पनि खासै ब्यापार गरेका छैनन ।

Namaste Filmy

Read Previous

वीर गोर्खालीको कथा 'निशानी' प्रदर्शनको लागी तयार । (फोटो फिचर)

Read Next

पुराना निर्देशक मोहन निरौलाले 'जन्मभुमि' निर्देशन गर्ने । चैत्र ५ देखि फ्लोरमा जाने ।