पुराना निर्देशक मोहन निरौलाले 'जन्मभुमि' निर्देशन गर्ने । चैत्र ५ देखि फ्लोरमा जाने ।

janma3 [dropcap][/dropcap]०५२ सालमा निर्माण भएको चलचित्र ‘जन्मभुमि’कैै नामलाई दोहोर्याएर नयां कथा र प्रस्तुतिमा नयां चलचित्र ‘जन्मभुमि’ निर्माण हुने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रलाई एस पी इन्टरटेन्टमेन्टको ब्यानरमा अनुभवी निर्देशक मोहन निरौला ले निर्देशन गर्दैछन । स्मरण रहोस १८ बर्ष पहिले बनेको चलचित्र ‘जन्मभुमि’ पनि निर्देशक निरौलाले नै निर्देशन गरेका थिए ।

सुरज गिरी निर्माता र सुन्दर पाण्डे सहनिर्माता रहेको फिल्ममा निर्देशक निरौलाकै कथा, पटकथा र सम्बाद रहेको छ । शान्ति प्रिय कास्टिङ डाइरेक्टर रहेको फिल्मले नारी सशक्तिकरणको अवाज उठाउने र मातृभुमिप्रति सच्चा नागरिकले पुरा गर्नुपर्ने सम्पुर्ण जिम्मेवारी र कर्तब्यको बिषयलाई जोडदारका साथ उठाउने निर्देशक निरौला को भनाई छ ।
चलचित्रको छयांकन अगामी चैत्र ५ गतेदेखि झागाझोली, सिन्धुली र काठमण्डौ लगायतका स्थानमा गरिनेछ ।unnamed1अवतार कडेलको सहायक निर्देशन रहने फिल्ममा बिनोद श्रेष्ठ, निश्मा घिमिरे संगै निर्देशक निरौलाको पनि मुख्य अभिनय रहनेछ । त्यस्तै चलचित्रमार्फत बालकलाकारको रुपमा सौगात बिष्ट र नव नायिकाको रुपमा जेबिका कार्कीले रजतपटमा डेब्यु गर्ने भएका छन । रमेश खडका र बसन्त सापकोटाको संगीत रहने चलचित्रमा युवराज राईको छयांकन, अष्ट महर्जनको द्धन्द निर्देशन, उरु लामा को श्रृंगार तथा बद्रि कार्कीको भेषभुषा ब्यास्थापन रहनेछ ।unnamed
यता लामो समयदेखि फिल्म श्रेत्रमा सक्रिय निर्देशक मोहन  निरौला पछिल्लो समय केहि सुस्ताए पनि अब फेरी निर्देशनमा जुर्मूराएका छन । सुरुवातमा छवि ओझाको ब्यानरमा निर्माण भएको फिल्म ‘पुकार’ निर्देशन गरेपछि उनले ५२ सालमा ‘जन्मभुमि’ निर्देशन गरेका थिए । त्यसयता उनले कयौ फिल्म तथा टेलिफिल्मको कथा लेखन तथा निर्देशन गरिसकेका छन । रजतपटमा निकै अनुभवी तथा कुशल फिल्मकर्मी मानिने निरौलाको फिल्म अब्बल बन्नेमा पनि सबै जनाले बिश्वास लिएका छन ।

Namaste Filmy

Read Previous

पहिलोपटक प्रियंकासंग रोमान्स गर्ने भए सैफ अली खानले ।

Read Next

चर्चित अमेरिकी कसप्ले स्टार तथा मोडल नेपालमा ।