दशैको फिल्ममा 'परदेशी' अगाडि

pardeshi-in-namastefilmyयसबर्षको दशै नेपाली फिल्म निर्माताहरुलाई फापेको भन्दा गलत नहोला । किनकी दशैमा रिलिज भएका ४ फिल्महरुलाई दर्शकले राम्रै साथ दिए ।
फुलपातिको दिन रिलिज भएको फिल्म ‘परदेशी’ले दर्शकको अपार साथ पायो । फिल्मले अझै पनि हाउसफुल दर्शक पाइरहेको छ । समाजिक कथाबस्तुमा बनेको फिल्म हेर्न दशैमा दर्शकको ओइरो नै लाग्यो । साँगितिक रुपमा निकै सशक्त फिल्मको कथा, प्रस्तुति र गीतसँगीतलाई दर्शकले तारिफ गरे ।
लामो ग्यापपछि प्रशान्त तामाङको उपस्थिति पनि दर्शक आउनुको अर्को कारण हो । फिल्ममा प्रशान्तको भुमिका र उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाए । फिल्मलाई नारायण रायमाझिले निर्देशन गरेका हुन ।
फुलपातिमै रिलिज भएको फिल्म ‘सुश्री’ ले कम हल पाएकाले ब्यापार खुम्चिए पनि सन्तोषजनक कलेक्सन गरेको निर्माण टिमको दाबी छ । यसबाट शिवम अधिकारी निर्देशित फिल्म पनि घाटामा नजाने पक्का छ ।
त्यस्तै सुब्रत आचार्यको निर्देशनमा बनेको ‘अधकट्टी’को ब्यापारले पनि निर्माता दुखी छैनन् । फिल्मको कलेक्सन औसत रहेको र फिल्मको कमेडी पक्षलाई दर्शकले रुचाएको निर्माण टिम बताउछन ।
टिकाको दिनबाट रिलिज अर्को फिल्म ‘ठमेल डटकम’लाई राजधानीका दर्शकले राम्रै साथ दिएको निर्माण कम्पनीले जनाएको छ । ठुलो ब्यानर गोपिकृष्ण मुभिजको फिल्मलाई राजकुमार शर्माले निर्देशन गरेका हुन । फिल्मको सँगितिक पक्षलाई दर्शकले अब्बल मानेका छन ।

Namaste Filmy

Read Previous

शाहिद र आलियाको "शानदार"ले पहिलो दिनमा 13.10 करोड़ कमाए कमायो

Read Next

सलमानको बहिनी हैन गर्लफ्रेन्ड बन्न चाहन्छु : अमृता