पुर्व मिस नेपाल जेनिशा हिरोइन प्रियंकाको बुहारी

jenisha moktan1-namastefilmyपुर्व मिस नेपाल तथा मोडल जेनिशा मोक्तानको विवाह तय भएको खबर आएको छ । उनको नायिका प्रियंका कार्कीको भाई (मामाको छोरा ) डिकेश मल्होत्रासँग बिहे पक्का भएको बताइन्छ ।
जेनिशा र डिकेश केहि बर्षयता रिलेशनमा थिए । उनीहरुको प्रेमले सञ्चारमाध्यममा समेत स्थान पाउदै आएका थिए । बुझिएअनुसार उनीहरुको विवाह आउदो फाल्गुनको तेस्रो साता धुमधामका साथ हुनेछ ।
केहि फिल्ममा समेत अभिनय गरेकी जेनिशा पछिल्लो समय मोडलिङबाट टाढा छिन । डिकेश भने नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक डिलर इम्टोग्रेटेड मोबिलिटी सोलुसन प्रालि का अध्यक्ष हुन ।

Namaste Filmy

Read Previous

सलमानको बहिनी हैन गर्लफ्रेन्ड बन्न चाहन्छु : अमृता

Read Next

सोनाक्षीको हिरो एडेल