आमिरको बहुप्रतिक्षित फिल्ममा यस्तो छ भिलेन

vivan-bhatenaआमिर खानको नयाँ फिल्म ‘दंगल’को अहिले निकै चर्चा छ । फिल्मलाई लिएर दर्शक निकै प्रतिक्षरत छन । फिल्ममा आमिर एक पहलमानको भुमिकामा छन । उनी निकै शक्तिशाली र बलियो ब्यक्तिको भुमिकामा फिल्ममा देखिदैछन ।
फिल्ममा आमिर मात्र हैन खलपात्र उर्फ भिलेन पनि उस्तै बलियो रहनेछन । बलिउडमा अहिले दंगल भिलेनको चर्चा सुरु भएको छ । दंगलमा भिलेनको रुपमा विवान भटेना देखा पर्दैछन । हालै मात्र यसबारेमा खुलासा भएको हो ।
विवानले यसअघि सलमान खानको फिल्म हिरोमा पनि भिलेनको रोल निभाएका थिए । उनले दंगलबारेमा हाले भनेका छन म आमिर खानको साथ दंगल गर्दैछु । फिल्ममा मेरो चरित्रको बारेमा म जानकारी दिन सक्दिन । आमिरको साथ मैले एक सीन पुरा गरिसकेको छु र अब केहि सीन गदैछु । फिल्ममा रेस्लरको रोल गर्दैछु । जसको लागि मैले तौल बढाउनुपर्छ, मैले मसल्स सँगै १० किलो तौल बढाउनुछ ।

Namaste Filmy

Read Previous

प्रशान्त रुदाँ दर्शक किन हाँसे ?

Read Next

जुनि जुनिको साथी भेट्न अन्जु लण्डनमा