'रोल्पा रोग' फाल्गुन १४ बाट

Rolpa-Rog_namastefilmy2चलचित्र ‘रोल्पा रोग’को प्रदर्शन मिति तोकिएको छ । फिल्मका निर्देशक दिपक वलीले फिल्म रिलिज मिति तय भएको जानकारी दिएका हुन । उनका अनुसार फिल्म आगमी फाल्गुन १४ गतेबाट अलनेपाल रिलिज हुनेछ ।
फिल्म रिलिजका लागि बितरक कम्पनी पपकर्नसँग सम्झौता भइसकेको निर्देशक वलीले बताए । उनले निकै अध्ययन गरेर फिल्मको रिलिज मिति तय गरेको बताए । अहिलेको दर्शकको चाहना र अन्य फिल्महरुको रिलिज मितिलाई निकै ध्यान दिएर फाल्गुन १४ रोजेको उनको भनाई छ ।
रोल्पा रोग ग्रामिण समाजिक कथाबस्तु हो । रोल्पामै छयांकन गरिएको फिल्ममा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, बिनु खडका, रामबाबु आक्रोश, कश्मिर रसाइली लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

'अधकट्टी' भित्र रुचाइएका 'ताम्राकार साहु'

Read Next

रेखा र जीवनको चलचित्र "जाउ हिड पोखरा" को ट्रेलर रिलिज (भिडियो सहित )