फ्राइडे रिलिज:‘नागरिक’

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘नागरिक रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘नागरिक’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
‘नागरिक’
12193509_910019629086468_8090286501433355603_nफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट ‘नागरिक’ चलचित्र पनि प्रदर्शनमा आएको छ ।चलचित्र “नागरिक”लाई बिमल पौडेलले निर्देशन गरेका हुन ।देशको राजनैतिक परिवेशमा निर्माण गरिएको यस चलचित्रले अहिले देशको राजनीतिक परिवेशको चित्रण गरेको छ ।चलचित्रमा पुराना अभिनेता विश्व बस्नेतका साथै अनु शाह, गणेश उप्रेती, राहुल केसी,सरिता गिरी, दिव्यदेव पन्त , मोहन श्रेष्ठ, पुष्प आचार्य,रङ्ग पत्रकार रवि अधिकारीलगायतले अभिनय गरेका छन् । चलचित्रमा राजुबिक्रम थापाको छायांकन,रोशन श्रेष्ठको एक्शन, बनिश शाहको सम्पादन, लक्ष्मण शेषको संगीत ,पुष्प आचार्यको शब्द ,अचुत घिमिरे र मनोज लामाको नुत्य रहेको छ ।चलचित्र “नागरिक”लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राजभण्डारी र शर्भानी राज्य दुलालले निर्माण गरेका हुन् ।चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाईं हुन् ।
https://www.youtube.com/watch?v=0O1hk7p50HA

Namaste Filmy

Read Previous

ऐश्वर्याभन्दा सोनम राम्री : सलमान खान

Read Next

टंक बुढाथोकिको देउसी र भैलो