'राघव'को सात गीतहरुको अडियो सार्वजनिक ।

[dropcap]ना[/dropcap]यक राजवल्लभ कोइरालाको निर्माण रहेको फिल्म राघव को गीतहरु सार्वजनिक गरिएको छ । अन्डरग्राउन्ड टाकिजले युटुबमार्फत फिल्मका सबै सातवटा गीत एकै पटक सार्वजनिक गरिएका हुन । युटुबमा हाललाई  मानव सुवेदि, संजीव सिह, द माया ब्याण्ड र सुमन उदय को संगीत रहेको गीतहरुको अडियो मात्र राखिएको हो ।RAGHAV-Nepali-Film-Poster राजवल्लभ कोइराला  फिल्मसको ब्यानरमा बनेको पहिलो फिल्म ‘राघव’को अफिसियल ट्रेलर भने यसअघि नै रिलिज गरिसकेको छ ।  फिल्ममा शिविर पोखरेल, अस्मिता ढकाल, अशिस्मा नकर्मी, रोकेन ब्यञ्जनकार, केइट ब्रेसेल लगायतको अभिनय छ । रोमान्टीक ड्रामा रहेको फिल्मलाई भुपेन्द्र भट्टराईले निर्देशन गरेका हुन । फिल्मको सार्वजनिक प्रदर्शन बैशाख १२ मा हुने भएको छ ।

Namaste Filmy

Read Previous

चर्चित अमेरिकी कसप्ले स्टार तथा मोडल नेपालमा ।

Read Next

कार दुर्घटनामा अभिनेत्री सना खानको निधन ।